ला लिगा फुटबल : नयाँ सिजनको खेल तालिका सार्वजनिक « Khabarhub

ला लिगा फुटबल : नयाँ सिजनको खेल तालिका सार्वजनिक


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

ला लिगाले सन् २०२१/२२ को सिजनको खेल तालिका बुधबार सार्वजनिक गरेको हो ।

अगस्ट १४ देखि हुने ला लिगामा पहिलो दिन नै १० खेल हुनेछन् । च्याम्पियन एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।

रियल मड्रिडले पहिलो खेलमा अल्भेससँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोनाले सिजनको पहिलो खेल रियल सोसिडाडसँग घरेलु मैदानमा खेल्नेछ  ।

त्यस्तै सिजनको पहिलो एल क्लासिको भिडन्त अक्टोबर २४ मा हुने भएको छ । बार्सिलोना र रियल मड्रिडबीचको पहिलो एल क्लासिको भिडन्त अक्टोबर २४ मा क्याम्प नाउमा हुने भएको हो ।

यस्तै सान्टियागो बर्नाबेउमा हुने दोस्रो एल क्लासिको भिडन्त मार्च २० मा हुनेछ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ७ : २५ बजे

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले