युरोकपमा कसले जित्ला गोल्डेन बुट ? यी हुन् पाँच दाबेदार « Khabarhub

युरोकपमा कसले जित्ला गोल्डेन बुट ? यी हुन् पाँच दाबेदार


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जारी युरोकप फुटबलमा शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुँदैछन् ।

क्वाटरफाइनलमा बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले स्थान बनाएका छन्  । तर गोल्डेनबुटमा भने अन्तिम १६ बाट बाहिरिएका टिमका खेलाडीको पनि दाबेदारी छ ।

४४ खेल सकिँदा  कुल १ सय २३ गोल भएको छ । यस संस्करण गोल्डेन बुटको दाबेदारको शीर्ष स्थानमा क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

पोर्चुगिज कप्तान रोनाल्डोले ४ खेलमा ५ गोल गर्दै अवार्डको मुख्य दाबेदारी पेस गरेका छन् ।

रोनाल्डोलाई चेक गणतन्त्रका प्याट्रिक शिकले पछ्याईरहेका छन् । उनले ४ गोल गरेका छन् । उनलाई रोनाल्डोलाई पछि पार्ने मौका रहेको छ ।

यस्तै बेल्जियमका रोमेलु लुकाकु, स्वीट्जरल्यान्डका हरिस सेफेरोभिच र इंग्ल्यान्डका रहिम स्ट्रर्लिङ पनि गोल्डेन बुटको दौडमा रहेका छन् । उनीहरुले ३ गोल गरेका छन् ।

फ्रान्सका करिम बेन्जिमा, स्वीडेनका इमिल फोर्सवर्गले ४ गोल गरे पनि गोल्डेन बुटको दौडबाट बाहिरिएका छन् ।

यी हुन् धेरै गोल गर्ने खेलाडी

१. क्रिस्टियानो रोनाल्डो – ५

२ .प्याट्रिक शिक – ४

३ . रोमेलु लुकाकु – ३

४. रहिम स्ट्रर्लिङ – ३

५ . हरिस सेफेरोभिच- ३

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ९ : २५ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको