ब्रिटनीले हारिन् पितासँगकाे मुद्धा « Khabarhub

ब्रिटनीले हारिन् पितासँगकाे मुद्धा


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– ग्रामी अवार्ड विजेता अमेरिकी गायिका ब्रिटनी स्पीयर्स हालका दिनमा आफ्ना पितासँगको कानूनी मुद्धाका कारण चर्चामा छिन् । ब्रिटनीले आफ्नो पिता जेमी स्पीयर्सको संरक्षणबाट मुक्त हुनका लागि अदालतको ढोका ढकढक्याएकी थिइन् । उनले ‘कन्जरवेटरशिप’बाट मुक्त हुनका लागि कैयौं बयान दिएकी थिइन् ।

ब्रिटनीले जति प्रयास गरे पनि उनी यो मुद्धामा हारेकी छन् । उनलाई अदालतले कञ्जरवेटरशिपबाट स्वतन्त्र हुन दिएन । ब्रिटनी १३ वर्षयता पिता जिमीको संरक्षणमा छिन् ।

उनको पिता नै ब्रिटनीको करियर र जीवनलाई लिएर सबै निर्णय लिन्छन् । ब्रिटनीले अमेरिकाको लसएञ्जल्सस्थित अदालतसँग आफ्नो अपमानजनक संरक्षणको अन्त्य गर्न र आफ्नो जीवनलाई फिर्ता दिन आग्रह गरेकी थिइन् । ‘मलाई मेरो जिन्दगी र स्वतन्त्रता फिर्ता चाहियो । १३ वर्ष भइसकेको छ, अब धेरै भइसकेको छ’, उनले अदालतमा भनेकी थिइन् ।

ब्रिटनी मानसिक रुपले ठिक छैनन् । यी कारण उनका पिता २००८ देखि कानूनी रुपमा ब्रिटनीको हेरविचार गरिरहेका छन् । ब्रिटनीको निजी जीवन र आर्थिक मामलासँग जोडिएका विषयमा निर्णय लिने अधिकार जिमीसँग भएकाले पनि ब्रिटनीलाई तनाव भइरहेको हो ।

एक सुनुवाइका क्रममा ब्रिटनीले न्यायधिससँग आफूलाई १३ वर्षदेखि जबरजस्ती लागुऔषध सेवन गराउन बाध्य बनाइएको खुलाएकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ४ : ४५ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका