वाम र प्रजातान्त्रिक शक्तिबीचको एकता र सहकार्यमा जोड | Khabarhub Khabarhub

वाम र प्रजातान्त्रिक शक्तिबीचको एकता र सहकार्यमा जोड


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सदस्यले मुलुकका सबै वाम र प्रजातान्त्रिक शक्तिबीच एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

आजदेखि प्रारम्भ भएको आठौँ अधिवेशनको पहिलो बैठकमा उनीहरुले संविधानमा भएका व्यवस्थाको रक्षा गर्नुपर्ने बेला आएको बताए ।

सत्ता पक्षका नेता सुमनराज प्याकुरेलले राजनीतिक समस्याको समाधान जनप्रतिनिधिमूलक संस्थाबाट राजनीतिक रुपमै हुनुपर्नेमा जोड दिँदै हरेक विषयलाई न्यायालयमा लैजाने प्रवृतिप्रति सचेत रहनुपर्ने धारणा व्यक्त गरे ।

सरकारले ल्याएका विधेयक अत्यावश्यक भएकाले ल्याइएको उनको जिकिर थियो ।

राष्ट्रियसभामा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले बेरोजगारी बढेको तथा शिक्षा, स्वास्थ्य, सामजिक, पर्यटन, कृषिलगायत अन्य क्षेत्रले पनि प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्दै कोभिड–१९ को रोकथाम तथा उपचार, बाढीपहिरो र डुबानबाट प्रभावितको उद्धार र राहत सम्बन्धमा आवश्यक कार्य गर्न आग्रह गरे ।

नेकपा (माओवादी केन्द्र) का दीनानाथ शर्माले संविधान जारी भएपछि सहमति र सहकार्यको संस्कृतिको अभ्यास पर्याप्त हुन नसकेकाले पनि अहिलेको संकट उत्पन्न भएको धारणा व्यक्त गरे ।

उनले किसानलाई तत्काल रासायनिक मलको व्यवस्था गर्न र बाढीपहिरो पीडितको उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

जनता समाजवादी पाटी नेपालका शेखरकुमार सिंह र प्रमिला कुमारीले बाढीपहिरो र डुबानमा परेका जनताको राहतका लागि प्रभावकारी काम गर्न सरकारसँग आग्रह गर्दै मुलुकका वर्तमान समस्या समाधानका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ६ : ३४ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको