विपदबाट हुने क्षति न्युनीकरणमा जुट्न गृहमन्त्रीको निर्देशन « Khabarhub

विपदबाट हुने क्षति न्युनीकरणमा जुट्न गृहमन्त्रीको निर्देशन


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि उच्च तयारीका साथ पूर्वतयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

उनले उद्धार, राहत र पुनःस्थापना कार्यलाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिए ।

गृह मन्त्रालयमा आज भएको विपद् व्यवस्थापन सम्बन्ध बैठकमा गृहमन्त्री पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारीमा जुट्न पनि आग्रह गरे । उनले विपद्का कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने प्रतिबद्धता जनाउँदै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए ।

गृहमन्त्री पौडेलले राहत र उद्धारका लागि स्रोतको अभाव हुन नदिनेसमेत स्पष्ट पारे । “घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनालाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुनुहोस्”, गृहमन्त्री पौडेलले भने ।

राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनुपर्नेमा जोड दिँदै उनले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावारण निर्माण गर्न पनि आग्रह गरे ।

उनले क्षति न्यूनीकरणका लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको जानकारी दिँदै अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनःस्थापना र पुनःनिर्माणका लागि समय तालिका बनाएर काम गर्न निर्देशन दिए । मन्त्री पौडेलले क्षति भएका ठाउँमा व्यवस्थित पुनःनिर्माणका लागि पनि योजना बनाएर गर्न पनि आग्रह गरे ।

तत्काल गर्नु पर्ने तयारीका साथसाथै विपदबाट जोगिन दीर्घकालिन रुपमा गर्नु पर्ने कामलाई अघि बढाउन पनि उनले मातहतका निकायलाई निर्देशन दिए ।

गृहसचिव महेश्वर न्यौपानले कोषमा रु पाँच अर्ब भन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने जानकारी दिए । उनले क्षति, उद्धार र राहतमा भएका कार्यहरु, अवरुद्ध सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नुपर्ने कार्यलगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने बताए ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरोलगायतले पुर्याएको क्षति र नोक्सानीको यकिन विवरण र आर्थिकलगायत निकाली पुनःस्थापना र पुनःनिर्माणका कार्य अघि बढाउने तयारी भएको जानकारी गराए । बैठकमा विभिन्न मन्त्रालयका सचिवसहितका अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ९ : ३० बजे

कांग्रेस-एमालेलाई शक्तिशालीको संज्ञा दिँदै रविले भने : दुवै दलका अप्ठ्यारा नमिले देशलाई समस्या पर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय नेपाली

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सातजना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा

कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड

कर्णाली– कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका

हामीले हावा चलाएका छैनौँ, बाढी ल्याएर खोला फर्काएका हौँ : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आफूहरूले कुनै हावा नचलाएको बरु

तीन दिन पार्टीबारे सोचौँ, त्यसपछि देशको बारेमा सोचौँला : वालेन्द्र

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले जनताको मन