तनहुँमा पहिरोले घर भत्किँदा २ जनाको मृत्यु ७ घाइते « Khabarhub

तनहुँमा पहिरोले घर भत्किँदा २ जनाको मृत्यु ७ घाइते


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–  अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा तनहुँमा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बन्दीपुरमा तीन, शुक्लागण्डकीमा दुई र भिमादमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

पहिरोमा परी बन्दीपुर–३ तामुङमा सुभाष थापा, लीलबहादुर थापा र दाउरीमाया थापा घाइते भएका छन् । सोही ठाउँका ७० वर्षीया हरिमाया नेपाली र ३० वर्षीया सरस्वती थापाको मृत्यु भएको छ ।

भिमाद नगरपालिका –५ मा पहिरोले घर भत्किँदा ४५ वर्षीय बुद्धिबहादुर परियार र उनका २५ वर्षीय छोरा रोजन घाइते भएका छन् । उनीहरुको भिमाद पोलिक्लिनिकमा उपचार भइरहेको छ । घर भत्किँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।

शुक्लागण्डकी नगरपालिका –९ सिम्लेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खगीमाया भुजेल र १४ वर्षीय विज्ञान घाइते भएका छन् । उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

यसैगरी भिमाद –७ पट्नेरीमा माटाको ढिस्को खसेर पहिरो जाँदा मनिषा परियारका घरमा क्षति पुगेको छ । पहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण रु दश लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बन्दीपुर गाउँपालिका–१ चिसापानीमा पहिरोले राजु खड्गीको एक तल्लो गारो लगाएको घर भत्किदा रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै शुक्लागण्डकी–९ सिम्लेमा टेकबहादुर महतको गोठ भत्किँदा गोठमा रहेका दश बाख्रा र एक भैसी मरेका छन् । प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले पहिरोबाट भएको थप क्षतिको विवरण नआइसकेको जानकारी दिए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ७ : ५५ बजे

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे