बाढीपहिरोले दुई दिनमा २३ सडक अवरुद्ध « Khabarhub

बाढीपहिरोले दुई दिनमा २३ सडक अवरुद्ध


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पछिल्लो दुई दिनमा देशका २३ सडक अवरुद्ध बनेका छन् । बाढी र पहिरोले अहिले १४ सडक ठप्प छन् भने ४९ सडक एकातर्फबाट मात्रै सञ्चालनमा छन् ।

पूर्व–पश्चिम राजमार्गको नवलपूरको थुम्सी, पितौजीमा अवरुद्ध छ । दुई साता पहिलेदेखि नै अवरुद्ध भएकाले सडक विभागले खुलाइरहेको डुम्रे–बेशीशहर–चामे सडक पहिरोका कारण थप क्षतिग्रस्त बनेको छ । यो सडक भन्सार र तुरतुरेमा अवरुद्ध भएकामा तुरतुरेमा एकातर्फबाट सडक खुलाइएको छ । बेशीसहर–चामे सडक ठप्प भएकामा पैदलयात्रु समेत झुण्डिएर यात्रा गर्नुपरेको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिए ।

बुधबार नै हुलाकी राजमार्गअन्तर्गत बर्दियाको सत्तीघाट कर्णाली पुलमा सडक अवरुद्ध भएको छ । चितवन जिल्लाको ठोरी–भरतपुर–मुग्लिन, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल सडक र आरुघाट–सिर्दिवास–रोइला सडक पनि अवरुद्ध छ ।

राष्ट्रिय राजमार्गमा नै बाढी र पहिरोले अवरोध पु¥याएकामा विभिन्न सडकमा एकातर्फको पहिरो हटाएर सवारीसाधन चल्न थालेको छ । अरनिको राजमार्गको सखुवा, बिपी राजमार्गको माम्ति र कमेरे फाँटमा सडक एकातर्फी रुपमा चालु छ । पृथ्वी राजमार्गका धेरै ठाउँमा बुधबार पहिरो गएकामा आजसम्म एकातर्फको सडक खुलाएर सडक सुचारु गरिएको छ । यो राजमार्गको जोगीमारा–जवांग खोला खण्ड, एनापहरा, याम्पा, डुम्रे, देउराली, घाँसीकुवा, कुम्लेखोलालगायतका स्थानमा सडक आसिंक सुचारु अवस्थामा छन् ।

त्रिभुवन राजपथको टिस्टुङ–देउराली कालापानी सडक, सिद्धार्थ राजमार्गको सिद्धबाबा, र पूर्व–पश्चिम राजमार्गको खरङ्गामा पनि एकातर्फबाट मात्रै सडक सुचारु छ । अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोक जिल्लाको कोदारीमा अवरुद्ध सडक अझै खुल्न सकेको छैन । रसुवाको त्रिशुली खोला, सानो भार्खु खोला, गाँजाबारीमा असार १ मा पहिरोले अवरुद्ध सडक पनि अझै अवरुद्ध छ ।

गत जेठ ३१ गतेदेखि अहिलेसम्म गरी ८५ सडक पूर्ण रुपमा अवरुद्ध रहेकामा अहिलेसम्म २४ सडक दुवैतर्फबाट सुचारु भइसकेको छ । ४८ सडक आशिंक र १३ पूर्णरुपमा ठप्प छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ८ : ०९ बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा