गैँडाकोटमा मोटरसाइकल चल्नेगरी नयाँ डाइभर्सन बनाइयो  | Khabarhub Khabarhub

गैँडाकोटमा मोटरसाइकल चल्नेगरी नयाँ डाइभर्सन बनाइयो 


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा मोटरसाइकल चल्न थालेका छन् ।

नयाँ ठाउँमा डाइभर्सन बनाएर मोटरसाइकल सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

पुरानोलाई बनाउन समय लाग्ने भएकाले नयाँ डाइभर्सन बनाएर अलपत्र परेका मोटरसाइकललाई एकतर्फी सञ्चालन गर्न दिइएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए ।

पहिलो चरणमा सडकमै अपत्र अवस्थामा रहेका मोटरसाइकल कटाइएपछि साना सवारीसाधन चल्नेगरी डाइभर्सन पूरा गरिने उनको भनाइ छ । ठूला सवारी साधन आवतजावत गर्नका लागि पुरानै डाइभर्सन मर्मत गर्नुपर्ने भएकाले शुक्रबारसम्म समय लाग्नसक्ने छ ।

मोटरसाइकल चल्ने गरी सञ्चालन गरिएको डाइभर्सनबाट एम्बुलेन्स चल्न मिल्नेगरी बाटो सम्याउने काम भइरहेको खनालले जानकारी दिए ।

आज बिहान आएको बाढीले सो सडकअन्तर्गत गैँडाकोटको २३ स्मृति पुल, हडबडे खोला, पितौजी पुलसहित चार स्थानको डाइभर्सन बगाएको थियो । डाइभर्सन बगेपछि पूर्ण रुपमा अवरुद्ध सडक करिब आठ घण्टापछि मोटरसाइकल मात्रै सञ्चालन हुनेगरी एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

सडक अवरुद्ध भएपछि पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरु गैँडाकोटमा नै रोकिएका छन् भने पूर्वतर्फ जाने सवारी साधनहरु डण्डामा रोकिएका छन् । सडक सञ्चालन नहुँदा सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।

नारायणगढ –बुटवल सडक विस्तारका क्रममा गैँडाकोट क्षेत्रमा रहेका साना कल्भर्ट भत्काएर मोटरेबल पुल बनाउने क्रममा सवारीसाधन सञ्चालन गर्न निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ९ : १५ बजे

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार