आन्तरिक उत्पादन बृद्धिमा जोड दिएर बजेट ल्याउन गभर्नर नेपालको सुझाव « Khabarhub

आन्तरिक उत्पादन बृद्धिमा जोड दिएर बजेट ल्याउन गभर्नर नेपालको सुझाव


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका हुन् ।

संघीय संसदको अर्थ समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले मुलुकमा बढदो व्यापार घाटालाई कम गर्न पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमा जोड दिनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

मुलुकमा हाल ७ खरव ८७ अरव व्यापार घाटा रहेको भन्दै गभर्नर नेपालले विप्रेशनको भर नपर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

गभर्नर नेपालले मुलुकमा आर्थिक गतिविधिलाई बढावा दिन पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने आवश्यक्ता पनि औंल्याए । चालू आर्थिक वर्षको हालसम्म संघीय सरकारले ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । गभर्नर नेपालले पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ३ : ४३ बजे

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी

महाधिवेशन रोक्न सर्वोच्च जाँदै कांग्रेसको इतर पक्ष, संस्थापन भन्छ, ‘कुनै हालतमा रोकिँदैन’

काठमाडौं– नेपाली कांग्रेसको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन

नौ सुकुम्वासीले गुमाए ज्यान, सडकबाट सरकारलाई खबरदारी (तस्बिरहरू)

काठमाडौं– भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका हक-अधिकार सुनिश्चितताको माग गर्दै काठमाडौँमा

‘सरकारका कसैले अनुसन्धानमा अवरोध गरे कारबाही गर्न अख्तियारलाई छुट छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अख्तियारलाई पूर्ण

नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रममा विवाद, दुई संघठनले निकाले छुट्टाछुट्टै विज्ञप्ति

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय