एमालेको केन्द्रीय कमिटी बैठक आज, नेपाल पक्ष नजाने « Khabarhub

एमालेको केन्द्रीय कमिटी बैठक आज, नेपाल पक्ष नजाने


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीलाई फुटबाट जोगाउने गरी आज बोलाइएको बैठक एमालेकै नेपाल पक्षले भने बहिष्कार गर्ने भएको छ ।

हिजोको नेपाल समूहको स्थायी कमिटी बैठकले आज बोलाइएको केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो । अवैधानिक महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटी बैठकमा आफूहरू सहभागी नहुने नेता रघुजी पन्तले बताए । उनले भने, ‘१०औं महाधिवेशन आयोजक कमिटी नै अवैधानिक रहेकाले अवैधानिक कमिटीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सक्दैनौं भन्ने हाम्रो निष्कर्ष हो ।’

बुधबार बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

अध्यक्ष ओलीले एमालेलाई माओवादी केन्द्र–एमाले एकता अघिकै अवस्थामा फर्काउन भन्दै केन्द्रीय कमिटीको बैठक बोलाए पनि पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएका छन् । २ सय ६४ जनाको महाधिवेशन कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरिएको छ । अध्यक्ष ओली २ जेठ २०७५ मा नफर्किएर आफ्नो पुरानो निर्णय २८ फागुन २०७७ मा फर्किएको नेपाल समूहको आरोप छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : ५० बजे

कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड

कर्णाली– कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका

हामीले हावा चलाएका छैनौँ, बाढी ल्याएर खोला फर्काएका हौँ : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आफूहरूले कुनै हावा नचलाएको बरु

तीन दिन पार्टीबारे सोचौँ, त्यसपछि देशको बारेमा सोचौँला : वालेन्द्र

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले जनताको मन

मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नु पर्दैन : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्ने

एमाले नेता प्रदीपलाई बालेनको झटारो : गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ

काठमाडौं- प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले