टोकियो ओलम्पिकमा पार्कीको सट्टा चौधरीले प्रतिस्पर्धा गर्ने « Khabarhub

टोकियो ओलम्पिकमा पार्कीको सट्टा चौधरीले प्रतिस्पर्धा गर्ने


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी महिना जापानको राजधानी टोकियोमा शुरु हुने ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने तय भए पनि टोकियो ओलम्पिक कमिटीले असहमति जनाउँदा उनको सट्टा चौधरीले सहभागिता जनाउने भएकी हुन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले संयुक्त विज्ञप्ति जारी गर्दै पार्कीका सट्टा चौधरीले टोकियो ओलम्पिकमा सहभागिता जनाउने सार्वजनिक गरेका हुन् ।

पार्कीको सहभागिता सम्भव नभएकाले चौधरीले प्रतिस्पर्धा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘युनिभर्सिटी प्लेसमार्फत ओलम्पिकमा सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तरराष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने भएको हुँदा म्याराथनका हकमा कोटाभन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथनमा नभई एथ्लेटिक्स विधाको १०० मिटर दौडमा कोटा छुट्याइएको जानकारी प्राप्त भयो,’ विज्ञप्तिमा भनिएको छ ।

पार्कीको सहभागिताबारे आयोजक असहमत भएपछि चौधरीको नाम सर्वसम्मत छनोट गरिएको सदस्य सचिव सिलवालले जानकारी दिए । आयोजकले म्याराथनको सट्टा एक सय मिटरतर्फ महिलालाई मात्र स्थान दिन सक्ने भनी पत्र पठाएपछि चौधरीको नाम छनोट गरिएको उनको भनाइ छ ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध चौधरीसहित पौडीकी गौरिका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार तथा जुडोकी सोनिया भट्टले पनि टोकियो ओलम्पिकमा सहभागिता जनाउने छन् । टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने तय भएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : ०४ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत