युरोकपमा आजदेखि क्वाटरफाईनलका खेल, कुन खेल कुन रंगशालामा ? « Khabarhub

युरोकपमा आजदेखि क्वाटरफाईनलका खेल, कुन खेल कुन रंगशालामा ?


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूरोपियन च्याम्पियनसिपको १६ औं संस्करणको क्वाटरफाईनलका खेलहरु आजदेखि शुरु हुँदैछ ।

आज दुई खेल हुनेछन् । नेपाली समय अनुसार आज राति ९:४५ बजे हुने पहिलो खेलमा स्विट्जरल्यान्डविरुद्ध स्पेनले प्रतिस्पर्धा गर्नेछ । खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ ।

त्यस्तै नेपाली समय अनुसार राति १२:४५ बजे बेल्जियमले इटालीविरुद्ध खेल्नेछ । खेल जर्मनीको म्युनिख रंगशालामा हुनेछ ।

यस्ता छन् रंगशालाहरु :

क्रेटोसकी स्टेडियम, सेन्ट पिटर्सवर्ग

२०१८ को विश्वकपको लागि बनाईएको यो रंगशालालाई ग्याजप्रोम एरिनाको नामले समेत चिनिन्छ । यो रंगशालाको कुल दर्शक क्षमता ६९,००० रहेको छ । यसको मर्मत खर्च मात्र ९ सय ३० मिलियन युरो रहेको थियो । यस रंगशालामा समुह चरणका तीन खेलहरु खेलाइएका थिए भने क्वार्टर फाईनलको खाजको खेल हुनेछ ।

एलिञ्ज एरिना, म्युनिख

बार्यन म्युनिखमा अवस्थित यस रंगशालाको कुल दर्शक क्षमता ६७,८१२ रहेको छ । यस रंगशालामा पहिलो चरणको तीन जर्मन राष्ट्रिय टोलीको खेल खेलाइएको थियो भने क्वार्टरफाईनलको आजको खेल हुनेछ । एलिञ्ज एरिनालाई विश्वकै एक उच्च श्रेणीको रंगशाला र बार्यन म्युनिखको शान मानिन्छ ।

यस्तो छ क्वाटरफाइनलको तालिका

असार १८ गते शुक्रबार

स्विट्जरल्यान्डविरुद्ध स्पेन
समय : राति ९:४५ बजे
ठाउँ : सेन्ट पिटर्सवर्ग

बेल्जियमविरुद्ध इटाली
समय : राति १२:४५ बजे
ठाउँ : म्युनिख

असार १९ गते शनिवार

चेक रिपब्लिकविरुद्ध डेनमार्क
समय : राति ९:४५ बजे
ठाउँ : बाकु

युक्रेनविरुद्ध इङ्ल्याण्ड
समय : राति १२:४५ बजे
ठाउँ : रोम

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : २८ बजे

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका

विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको