युरोकपमा आजदेखि क्वाटरफाईनलका खेल, कुन खेल कुन रंगशालामा ? | Khabarhub Khabarhub

युरोकपमा आजदेखि क्वाटरफाईनलका खेल, कुन खेल कुन रंगशालामा ?


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूरोपियन च्याम्पियनसिपको १६ औं संस्करणको क्वाटरफाईनलका खेलहरु आजदेखि शुरु हुँदैछ ।

आज दुई खेल हुनेछन् । नेपाली समय अनुसार आज राति ९:४५ बजे हुने पहिलो खेलमा स्विट्जरल्यान्डविरुद्ध स्पेनले प्रतिस्पर्धा गर्नेछ । खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ ।

त्यस्तै नेपाली समय अनुसार राति १२:४५ बजे बेल्जियमले इटालीविरुद्ध खेल्नेछ । खेल जर्मनीको म्युनिख रंगशालामा हुनेछ ।

यस्ता छन् रंगशालाहरु :

क्रेटोसकी स्टेडियम, सेन्ट पिटर्सवर्ग

२०१८ को विश्वकपको लागि बनाईएको यो रंगशालालाई ग्याजप्रोम एरिनाको नामले समेत चिनिन्छ । यो रंगशालाको कुल दर्शक क्षमता ६९,००० रहेको छ । यसको मर्मत खर्च मात्र ९ सय ३० मिलियन युरो रहेको थियो । यस रंगशालामा समुह चरणका तीन खेलहरु खेलाइएका थिए भने क्वार्टर फाईनलको खाजको खेल हुनेछ ।

एलिञ्ज एरिना, म्युनिख

बार्यन म्युनिखमा अवस्थित यस रंगशालाको कुल दर्शक क्षमता ६७,८१२ रहेको छ । यस रंगशालामा पहिलो चरणको तीन जर्मन राष्ट्रिय टोलीको खेल खेलाइएको थियो भने क्वार्टरफाईनलको आजको खेल हुनेछ । एलिञ्ज एरिनालाई विश्वकै एक उच्च श्रेणीको रंगशाला र बार्यन म्युनिखको शान मानिन्छ ।

यस्तो छ क्वाटरफाइनलको तालिका

असार १८ गते शुक्रबार

स्विट्जरल्यान्डविरुद्ध स्पेन
समय : राति ९:४५ बजे
ठाउँ : सेन्ट पिटर्सवर्ग

बेल्जियमविरुद्ध इटाली
समय : राति १२:४५ बजे
ठाउँ : म्युनिख

असार १९ गते शनिवार

चेक रिपब्लिकविरुद्ध डेनमार्क
समय : राति ९:४५ बजे
ठाउँ : बाकु

युक्रेनविरुद्ध इङ्ल्याण्ड
समय : राति १२:४५ बजे
ठाउँ : रोम

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : २८ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै