भन्सार छलेर ल्याएको ७० बोरा चिनीसहित ट्रक चालक पक्राउ | Khabarhub Khabarhub

भन्सार छलेर ल्याएको ७० बोरा चिनीसहित ट्रक चालक पक्राउ


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– भारतबाट भन्सार छली गरी ल्याइएको ७० बोरा चिनीसहित सशस्त्र प्रहरीको टोलीले विराटनगरबाट ट्रक तथा चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सुनसरीको देवगञ्ज गाउँपालिका– २ का २८ वर्षीय राजेश कुमार खत्वी तथा को १ ख २१२९ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलका अनुसार विराटनगरस्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बखरी बीओपीका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर पन्तको टोलीले चिनीसहित चालक तथा ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको सवारी देवनगन्ज २ का विसनदेव मेहताको हो । भारतबाट अवैध रूपमा ल्याइएको चिनी सुनसरीको अमरडुवामा ल्याएर राखिएको थियो । अमरडुवाबाट ट्रकमा चिनी लोड गरेर विराटनगर ल्याउने क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बरावरको रहेको छ । बरामद चिनी बीओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ३० बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार