हलुका सवारी साधन चल्नेगरी गैँडाकोटमा बनाइयो नयाँ डाइभर्सन « Khabarhub

हलुका सवारी साधन चल्नेगरी गैँडाकोटमा बनाइयो नयाँ डाइभर्सन


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– अविरल वर्षापछि आएको बाढीले नवलपरासीपूर्व गैंडाकोटमा डाइभर्सन बगाउँदा अवरुद्ध पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा साना सवारी पास हुने गरी नयाँ डाइभर्सन बनाइएको छ ।

डाइभर्सन बनाएसँगै रोकिएका साना साना सवारी साधान चलाउन थालिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

पुरानोलाई बनाउन समय लाग्ने भएकाले नयाँ डाइभर्सन बनाएर अलपत्र सवारीसाधनलाई सुचारु गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् ।

ठूला सवारी साधन आवतजावत गर्नका लागि पुरानै डाइभर्सन मर्मत गर्नुपर्ने भएकाले शुक्रबारसम्म समय लाग्ने उनले बताइन् ।

हिजो बिहान आएको बाढीले सो सडकअन्तर्गत गैँडाकोटको २३ स्मृति पुल, हडबडे खोला, पितौजी पुलसहित चार स्थानको डाइभर्सन बगाएको थियो ।

सडक अवरुद्ध भएपछि पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरु गैँडाकोटमा नै रोकिएका थिए भने पूर्वतर्फ जाने सवारी साधनहरु डण्डामा रोकिएका थिए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : ४७ बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा