काठमाडौँ– विपक्षी गठबन्धनआबद्ध विद्यार्थी संगठनहरुले शुक्रबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।
सो क्रममा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए । काठमाडौंको शंकरदेव क्याम्पस अगाडि पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यस्तै शुक्रबार नै विद्यार्थीहरुले काठमाडौंको मीनभवन क्याम्पस अगाडि राँके जुलुससहित प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।
प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको, मुलुकमा भ्रष्टाचार बढेको, मूल्यबृद्धि भएको र जनताका न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको आरोप उनीहरुको छ । विद्यार्थी संगठनहरुले बिहीबार पनि विरोध प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया