यस्तो छ ‘दाल भात तरकारी’ को एक हप्ते कलेक्सन « Khabarhub

यस्तो छ ‘दाल भात तरकारी’ को एक हप्ते कलेक्सन


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख २० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ यतिबेला सिनेमा घरमा प्रदर्शन भइरहेको छ । मल्टिस्टारर यो फिल्म कमेडी विधामा निर्माण गरिएको हो । समीक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएको चलचित्रले सिनेमा घरमा राम्रै व्यापार गरिरहेको छ ।

प्रस्तुतकर्ता किरण केसीले चलचित्र ‘दाल भात तरकारी’ ले रिलिजको ६ दिनमा २ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरेका छन् । उनका अनुसार फिल्मले आज (विहीवार) को बक्स अफिस कलेक्सन बाहेक झण्डै ३ करोडको व्यापार गरेको छ । ‘चलचित्रले राम्रो कमाइ गरिरहेको छ, दर्शकले साथ दिनुभएको छ, यो कमाइ ‘शत्रु गते’ को तुलनामा १ करोड कम हो, फिल्मको कमाइले हामी खुशी छौँ,’ प्रस्तुतकर्ता किरण केसीले खबरहबसँग भने ।

साथै उनले यो फिल्मको व्यापार अझै बढ्दै जाने र झरीका कारण पहिलो दिन सोचेजस्तो व्यापार गर्न नसकिएको पनि दावी गरे ।

कमेडी विधामा निर्माण भएको यो फिल्ममा सुदन केसीको निर्देशन छ । अमेरिका जान मरिहत्ते गर्ने एक परिवारको कथा रहेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बसुन्धरा भुसाल लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ४ : ४२ बजे

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र