कांग्रेसले सुल्झ्यायो क्रियाशील सदस्यता वितरण विवाद « Khabarhub

कांग्रेसले सुल्झ्यायो क्रियाशील सदस्यता वितरण विवाद


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४ औँ महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधन भएको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान सहमतिमै सुल्झ्याउने निर्णय गरेको हो ।

बैठकले क्रियाशील सदस्यताका बारेमा परेको उजुरी र गुनासो सहमतिमा नै टुंग्याउने निर्णय गरेको कांग्रेस नेता एवं क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।

उनले भने,‘महाधिवेशन ठिक ढंगले गर्ने विषयमा छलफल भएको छ ।  क्रियाशील सदस्यताको व्यवस्थापन र अन्तिम रुप दिने सम्बन्धमा केही विषयमा समान धारणा बनाउनुपर्ने थियो अब समान धारणा बनेको छ ।’

शीर्ष नेताहरुबीच सदस्यताका बारेमा सहमति जुटेपछि अब महाधिवेशनमा केन्द्रित हुने लेखकले जानकारी दिए । उनले भने,‘अब क्रियाशील सदस्यताको काम चाँडोभन्दा चाँडो सकाउँछौँ ।’

नेता लेखकका अनुसार ४ लाख ७० हजार क्रियाशील सदस्य रहेकोमा अहिलेसम्म ४ लाख सदस्यता नवीकरण भएको छ भने ४ लाखभन्दा बढी नयाँ सदस्य थपिएका छन् ।

सदस्यताका बारेमा आएका उजुरीमाथि समितिले छानविन गरेर अघि बढ्ने उनले जानकारी दिए । उनले भने,‘नवीकरण र नयाँका सदस्यका सम्बन्धमा परेका विभिन्न उजुरीहरु अब सहमतिमा टुङ्ग्याइने छ ।’

अन्य दलबाट कांग्रेसमा समाहित भएका दलका सदस्यको नवीकरण पनि सहमतिमा नै गरिने भएको छ । क्रियाशील सदस्यताका बारेमा अब कुनै समस्या नरहेको नेता लेखकले दाबी गरे ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै