गाँजासहित दुई जना पक्राउ « Khabarhub

गाँजासहित दुई जना पक्राउ


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिका–११ बाट प्रहरीले गाँजासहित दुई व्यक्ति पक्राउ गरेको छ ।

पोखरा–११ तुलसी मार्गमा चेक जाँच गर्ने क्रममा प्रहरीले ५३५ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा –११ रामघाट बस्ने वर्ष २९ का विकास नेपाली र रामेछाप रामपुर गाउँपालिका –५ घर भइ हाल पोखरा –५ जिरो किमी बस्ने वर्ष ३३ का चन्द्र बहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रहरीको टोलीले मोटरसाइकलसहित दुई जनालाई खैरो रङको झोलाभित्र लुकाई राखेको ५३५ ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाविरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ९ : ५५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना