धादिङमा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरूद्ध « Khabarhub

धादिङमा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरूद्ध


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

बेनीघाट रोराङ- १० स्थित जवाङ खोलामा पहिरोले पाँच वटा सवारी साधन पुरिँदा अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पहिरोमा पुरिएर ना ८ ख ४५४० नम्बरको ट्रकका चितवनको राप्ती नगरपालिका- ६ का १८ वर्षीय दोर्जे भन्ने बीरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ४३ वर्षीया भारतीय महिला सोनी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए ।

घाइते हुनेमा ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ५५ वर्षको राजेश कुमार, वर्ष ७ सुगम कुमार, वर्ष २७ का सन्देश कुमार र वर्ष २५ का राजा कुमार छन् । उनीहरु सबै भारतीय हुन् । उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

घाइते हुने अरू दुई जना ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार छन् । उनीहरु राप्ती नगरपालिका ६ बस्ने वर्ष ४० को हरिबहादुर प्रजा र चितवन भण्डारा बस्ने वर्ष २६ को सुदीप प्रजा छन् । उनीहरुको चितवनस्थित फित्लिङ बिहानी मेडिकलमा उपचार भइरहेको छ ।

सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनापछि अवरुद्ध भएको सडक अहिले एकतर्फी खुलाइएको प्रहरी निरीक्षक अवाले बताए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : १० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका