पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकमा एकतर्फी गाडी चल्न थाले « Khabarhub

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकमा एकतर्फी गाडी चल्न थाले


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनको चार किलो र भोर्ले सेतीदोभानको पहिरो हटाउन थालिएसँगै अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी गाडी चल्न थालेका छन् ।

भोर्ले सेती दोभानमा खसेको पहिरो हटाउन थालेपछि बिहान १० बजे तिरबाट एकतर्फी गाडी चल्न थालेको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

पहिरो पूरै सफा गर्न समय लाग्ने भएपछि एकतर्फी गाडी चल्न सक्ने गरेर बाटो खुलाइएको उनले बताए ।

नारायणगढ–मुग्लिन खण्डमा गाडी चल्न शुरु भए पनि मुग्लिनपूर्व पृथ्वीराजमार्गको ठाउँठाउँमा पहिरो आएको हुँदा काठमाडौँ जाउआउ गर्न अझै गाह्रो हुने खनालले बताए ।

बिहीबारदेखि नै यो सडकखण्डमा पहिरो खसिरहेको छ । शुक्रबार साँझ नारायणगढदेखि २० किलोमिटर पर भोर्ले सेतीदोभन र राति चार किलोमा फेरि थपिएको पहिरोले गाडी चल्न ठप्प भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १२ : ११ बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी