जनकपुर विमानस्थलको पार्किङ क्षेत्र डुबानमा, यात्रुहरू खाली खुट्टै विमान चढ्न बाध्य « Khabarhub

जनकपुर विमानस्थलको पार्किङ क्षेत्र डुबानमा, यात्रुहरू खाली खुट्टै विमान चढ्न बाध्य


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पछिल्लो दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुर विमानस्थल डुबानमा परेको छ । विमानस्थलको पार्किङ क्षेत्रमा एक फिटसम्म पानी जमेको छ ।

पार्किङ क्षेत्रमा पानी जमेपछि विमान रनवेमै राख्नुपर्दा यात्रुलाई खाली खुट्टा आवत–जावत गर्नुपरेको छ । जुत्ता चप्पल हातमा बोकेर विमान चढ्न जानु परेको यात्रुहरुले बताएका छन् ।

विमानस्थलका वरिष्ट अधिकृत मोहन ठाकुरले निरन्तर भारी वर्षा हुँदा पार्किङ क्षेत्रमा पानी जमेको बताए । पार्किङमा पानी जमे पनि उडान रद्द नभएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ७ : ३० बजे

मथुरामा सनी लियोनीको प्रवेशलाई लिएर विरोध

काठमाडौं– बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको अवसरमा मथुरामा हुन

नेपाल मेडिकल काउन्सिल निर्वाचनः मतगणना जारी, उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा अग्रस्थानमा

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका

तमु ल्होसारले बन्धुत्वको भावना अभिवृद्धिमा मद्दत पुग्छ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तमु ल्होसारले सबै नेपालीबीच सहिष्णुता र

तोरीखेतीमा पुनः आकर्षित चितवनका किसान, मौसम खुल्दा खेतबारी पहेँलै

काठमाडौं– तोरी धेरै उत्पादन हुने जिल्लाका रूपमा चिनिने चितवनमा केही

शीतलहरका कारण राजविराजका विद्यालयमा बिदा

सप्तरी– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले