कमला खोलामा बाढी आउँदा दुवै किनारका बाँध जोखिममा « Khabarhub

कमला खोलामा बाढी आउँदा दुवै किनारका बाँध जोखिममा


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कमला नदीको दुवै तर्फको बाँध बाढीले कटान हुने जोखिम बढेको छ । शनिबार खोलामा पानीको सतह घट्दै गएपछि सिरहा र धनुषा तर्फको बाँध कटान हुने जोखिम बढेको हो ।

यसवर्ष धनुषातर्फको किरतपुर र ढोलबज्जा नजिक र सिरहाको बसपिट्टा र सारस्वर नजिकको बाँध कटान हुने जोखिम बढेको छ । बाढीले धनुषा तर्फको करिब ३० बिघा जमिन कटान गरिसकेको छ । बाँध नजिक खोलाको पानी पुगिसकेको छ ।

हरेक पटक २/३ वर्षको अन्तरालमा बाढीले सिरहा र धनुषातर्फ तटबन्ध भत्काउने गरेको छ । तटबन्ध भत्काउँदा बाढीले ठूलो क्षति पुर्‍याउँदै आएको छ ।

कमला नदीको धनुषा र सिरहा दुवैतिरको तटबन्धमा भारतले लगानी गरेको छ । स्रोतका अनुसार भारतको दबाबका कारण तटबन्ध मर्मत कार्य भइरहेको छैन ।

‘बाढी आउँदा भारतमा क्षति पुर्‍याउँछ’, एक इन्जिनियरले भने, ‘तर यता तर्फको तटबन्ध भत्कियो भने भारतमा कम क्षति हुन्छ । त्यसैले भारत पक्षले तटबन्ध बलियो गरी बनाउने इच्छा देखाएको छैन ।’ बाँध भत्किने जोखिम बढेपछि स्थानीय त्रसित भएका छन् । ज्यान जोगाउन स्थानीय रात भर जग्राम बस्ने गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ९ : ४५ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न