९ दिनदेखि बेपत्ता युवतीको शव जंगलमा भेटियो « Khabarhub

९ दिनदेखि बेपत्ता युवतीको शव जंगलमा भेटियो


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको राप्ती नगरपालिकाबाट नौ दिनदेखि बेपत्ता युवतीको शव स्थानीय जंगलमा फेला परेको छ ।

नौ दिनदेखि हराइरहेकी चितवनकी सुजिता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार आइतबार अपराह्न शव भेटिएको थियो । शव साँझ मात्र सुजिताका परिवारले पहिचान गरेका थिए ।

एसपी अधिकारीका अनुसार सुजिताले बेपत्ता भएकै दिन दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएको अनुसन्धानबाट खुलेको छ । त्यस लगत्तै परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी थिइन् । सोही दिन उनले १२ बजे दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटना लगत्तै घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत अनुसन्धानमा खटिए पनि केही सुराक भेटाउन सकेको थिएन ।

आइतबार जंगलमा च्याउ टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान जारी नै रहेको बताएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : १० बजे

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट