मध्यावधि निर्वाचनको कार्यतालिका बन्यो : साउन १५ भित्र दल दर्ताका लागि आह्वान गर्ने तयारी « Khabarhub

मध्यावधि निर्वाचनको कार्यतालिका बन्यो : साउन १५ भित्र दल दर्ताका लागि आह्वान गर्ने तयारी


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला आयोगले निर्वाचनको कार्यतालिका तयार पारेको हो ।

निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले आजै मतदाता नामावली, दल दर्ता र तथा उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक हुने बताएका छन् ।

आयोगको बैठकले तयार पारेको तालिका अनुसार पहिलो चरणमा हुने निर्वाचनका लागि असोज २० र २१ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका तयार भएको छ ।

दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा असोज ३१ र कात्तिक १ मा उम्मेदवारी मनोनयनको तालिका तय भएको छ । निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि आयोगले असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ ।

सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ३ : २८ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण