राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश « Khabarhub

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेश गरेका थिए ।

त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनसभासमक्ष पेश गरिन् ।

बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटालाई प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा र दृगनारयण पाण्डेयलाई राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मनोनयन गरेको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिमा उनीहरुको नाम मनोनयनका लागि गरेको प्रस्तावमा बैठकले सर्वसम्मतिले सहमति जनाएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ३ : ५९ बजे

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा हुने

तनहुँ – जिल्ला खेलकुद विकास समिति तनहुँको सदरमुकाम दमौलीमा गण्डकी

आईपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का

कामठाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत ३३औं खेलमा मुम्बई इन्डियन्स

इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब

सिरहामा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

सिरहा – यहाँको चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज

रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका