यूरोकप र कोपा अमेरिका फुटबलमा सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ « Khabarhub

यूरोकप र कोपा अमेरिका फुटबलमा सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२० र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा ३ जना भारतीय नागरिकसहित ८ जना छन् ।

एसपी कोइरालाका अनुसार पक्राउ पर्नेमा काठमाडौँका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, ४७ वर्षीय जीवन लामा, पर्सा वीरगञ्ज नगरपालिका–७ घर भई कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, चितवन खैरहनी नगरपालिका–५ घर भई धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, विराटनगर–७ घर भई हाल मरूटोलका ४६ वर्षीय अमरनाथ गुप्ता छन् ।

यस्तै, पक्राउ पर्ने भारतीय नागरिकमा बिहार पूर्वी चम्पारण रक्सौलका ४६ वर्षीय अशोककुमार गुप्ता, भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेशकुमार अग्रवाल र राजस्थान झुनझुन जिल्लाका ३३ वर्षीय सुचित डालमिया अग्रवाल पक्राउ छन् ।

उनीहरुको साथबाट ३४ लाख ६५ हजाररुपैयाँसहित बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले मनी ट्रान्सफरमार्फत नगदी कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको एसपी कोइरालाले बताए ।

अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ५० बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित