नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन, ओलीले दिएको समय सकियो « Khabarhub

नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन, ओलीले दिएको समय सकियो


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा पुनर्स्थापना गर्न र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका एमाले सांसदहरुलाई अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता लिन दिएको समय सकिएको छ ।

एमालेको केन्द्रीय कमिटिको बैठकले अदालतको फैसलाभन्दा पहिला सोमबार ५ बजेसम्म रिट निवेदनमा हस्ताक्षर गरेका २३ जना सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । तर नेता नेपाल समूहका सांसदहरुले भने अध्यक्ष ओलीको निर्देशनअनुसार हस्ताक्षर फिर्ता लिएका छैनन् ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै अदालतमा दायर भएको रिटको हस्ताक्षर फिर्ता नलिने नेतृ रामकुमारी झाँक्रीले बताइन् ।

उनले भनिन्,‘केपी ओलीलाई अझै डेढ वर्ष प्रधानमन्त्री कायम गर्न हामीले किन हस्ताक्षर फिर्ता लिने ? हस्ताक्षर फिर्ता गर्ने हाम्रो राजनीतिक नैतिकताभित्रको विषय होइन । प्रक्रियामा गइसकेको अवस्थामा अहिले हस्ताक्षर फिर्ता लिन सम्भव छैन ।’

हस्ताक्षर फिर्ता लिन दिएको निर्देशन कार्यान्वयन नभए माधवकुमार नेपाल समूहका नेताहरु एमाले हुन नसक्ने चेतावनी दिएका प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अब के गर्छन् भन्ने टुंगो भने लागिसकेको छैन ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : ४२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर