ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन नेपालबीच सम्झौता | Khabarhub Khabarhub

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन नेपालबीच सम्झौता


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन नेपाल (रेबान) बीच सहकार्यको लागि सम्झौता भएको छ ।

रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीपार सराजकं डेलर नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन नेपालका तर्फबाट रेबानका अध्यक्ष अरनिको राज भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सो सम्झौता अनुसार बैंकले रेबानमा आबद्ध व्यवसायीहरू तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विशेष छुटमा प्रोफेसनल लोनर १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियत पूर्ण कर्जा प्रदान गर्नेछ ।

सम्झौता पश्चात ज्योति विकास बैंकले रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई सहज वित्तिय सेवा प्रदान गर्नुका साथै रेबान अन्तर्गतका व्यवसायीहरूलाई डिजिटल बैङ्किङ सेवाहरू प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ ।

व्यवसायीहरूले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याइ आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन्। यसका साथै बैंकले आधुनिक बैंकिङ्ग,वितिय साक्षरता, उद्यमशीलता विकासका निमित्त रेबान सँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  २ : ३४ बजे

एकता राष्ट्रिय सम्मेलनमा पार्टी मातहतका सबै कमिटीलाई सहभागी हुन परिपत्र

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले पार्टी मातहतका सबै कमिटीलाई यही कात्तिक

सरकारको निर्णयविरुद्ध सर्वाेच्च पुगे हितेन्द्रदेव, मंगलबारलाई पेसी

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध

भक्तपुरको बाल सुधारगृहबाट फरार १७ जना पक्राउ

भक्तपुर – भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २०

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस

संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान

काठमाडौं- नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र समयलाई लिएर नेताहरूबीचको विवाद