एमाले कार्यदल ब्युँतियो, विवाद समाधानका लागि सिंहदरबारमा बैठक | Khabarhub Khabarhub

एमाले कार्यदल ब्युँतियो, विवाद समाधानका लागि सिंहदरबारमा बैठक


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विवाद समाधानका लागि गठन गरिएको कार्यदल फेरि ब्युँतिएको छ ।

फेरि ब्युँतिएको कार्यदलको बैठक अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ । बैठकमा कार्यदलमा रहेका एमाले उपमहासचिव विष्णु पौडेलबाहेकका अन्य नेताहरुका बिचमा छलफल शुरु भएको हो ।

छलफलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेताहरू सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त र घनश्याम भुसाल सहभागी छन् ।

गत जेठ २ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका बिचमा भएको सहमतिपछि कार्यदल गठन भएको थियो ।

कार्यदल बैठक चलिरहेकै बेला नेपाल समूहका २३ जना विघटित प्रतिनिधिसभा सदस्यले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेपछि बैठक नै भाँडिएको थियो ।

आइतबार राति एमाले अध्यक्ष ओली र उपाध्यक्ष भीम रावलका बिचमा भएको करिब २ घण्टा लामो छलफलपछि कार्यदल ब्युताँउने सहमति जुटेको थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ७ : १५ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक