एमाले कार्यदल ब्युँतियो, विवाद समाधानका लागि सिंहदरबारमा बैठक « Khabarhub

एमाले कार्यदल ब्युँतियो, विवाद समाधानका लागि सिंहदरबारमा बैठक


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विवाद समाधानका लागि गठन गरिएको कार्यदल फेरि ब्युँतिएको छ ।

फेरि ब्युँतिएको कार्यदलको बैठक अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ । बैठकमा कार्यदलमा रहेका एमाले उपमहासचिव विष्णु पौडेलबाहेकका अन्य नेताहरुका बिचमा छलफल शुरु भएको हो ।

छलफलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेताहरू सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त र घनश्याम भुसाल सहभागी छन् ।

गत जेठ २ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका बिचमा भएको सहमतिपछि कार्यदल गठन भएको थियो ।

कार्यदल बैठक चलिरहेकै बेला नेपाल समूहका २३ जना विघटित प्रतिनिधिसभा सदस्यले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेपछि बैठक नै भाँडिएको थियो ।

आइतबार राति एमाले अध्यक्ष ओली र उपाध्यक्ष भीम रावलका बिचमा भएको करिब २ घण्टा लामो छलफलपछि कार्यदल ब्युताँउने सहमति जुटेको थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ७ : १५ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री