त्रिभुवन विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट « Khabarhub

त्रिभुवन विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।

विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था शुरु गरेको हो । देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झट अब अन्त्य भएको छ ।

यही असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले यो सेवा लिनुभएको छ । उनलाई केन्द्रका कार्यकारी निर्देशक प्रा डा पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गरे ।

सेवाग्राही चन्दले यसरी सेवा लिँदा कागजात रुजु गराउन झ्यालमा लाइन बस्न र शुल्क बुझाउन बैंकमा लाइन लाग्नु नपर्ने भएकामा खुशी व्यक्त गरे ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : २० बजे

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन