चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीसहितका नेताहरुले भर्चुअलरुपमा छलफल गर्दै « Khabarhub

चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीसहितका नेताहरुले भर्चुअलरुपमा छलफल गर्दै


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताहरुले भर्चुअलमाध्यमबाट छलफल गर्ने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा उक्त छलफल हुन लागेको हो । छलफल आज साझँ सवा ६ बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव तथा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा लगायतका नेताहरु सहभागी हुनेछन् ।

छलफलमा दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ ।

सीपीसीको सयौँ स्थापना दिवसभन्दा अघि नै नेपालका शीर्ष नेताहरूले चिनियाँ राष्ट्रपतिलाई शुभकामना सन्देश पठाएका थिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १० : १५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु