जनकपुर पुगेर प्रचण्डले भने : देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश जारी हुन्छ « Khabarhub

जनकपुर पुगेर प्रचण्डले भने : देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश जारी हुन्छ


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनः स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

सोमबार जनकपुर आइपुगेका उनले संविधानको मर्म र भावना अनुसार संसद पुनःस्थापना हुने र कांग्रेस सभापनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास गरेका हुन् ।

उनले भने,’देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, अनि संसद पनि पुनर्स्थापना हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली थप निरंकुशता तर्फ अग्रसर भएको आरोपसमेत लगाए । ओलीले सर्वोच्च अदालतलाई दबाब दिएर थप निरंकुशता तर्फ अग्रसर भएको उनको भनाइ छ ।

ओली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा उजागर भइसकेको भन्दै ओलीको निरंकुश कदमविरुद्ध जनताले जवाफ दिनु पर्ने बताए ।

निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जलि दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले सर्वोच्चले संसद पुनःस्थापना मात्र नभई १४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : २१ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु