किरिया नगर्दा गाउँनिकाला, परिवारका सबै विस्थापित | Khabarhub Khabarhub

किरिया नगर्दा गाउँनिकाला, परिवारका सबै विस्थापित


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बुबाको काजकिरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

सुवर्ण गाउँपालिका ६ धरमपुर गाउँका अवधेश यादवका बुबा अनुठा यादवको वैशाख १५ कलैया अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

६१ वर्षीया अनुठाको हृदयघातका कारण उपचारका क्रममा निधनपछि उनका दुई छोरा अवधेश र पप्पुले आफ्नो घरपरिवारले अपनाउर्दै आएको कविरापन्थी धर्म अनुसार सात दिनमै किरियाकर्म सकेका थिए। बुबाको अन्त्येष्टिमा दुवै छोराले कपाल खौरिएका थिएनन्।

बुवाको काजकिरिया सामाजिक परम्परा र हिन्दु धार्मिक रीतिरिवाज अनुसार नगरेपछि गाउँका अगुवाले गाउँमा भेला गरेर परिवारलाई नै सामाजिक बहिष्कार गरेका हुन्। गाउँले भेला भएर सामाजिक बहिष्कार गर्ने उर्दी जारी भएपछि परिवार नै गाउँ छोड्न बाध्य भएको हो।

यादव परिवार अहिले हेटौंडाको कमानेमा बस्दै आएको छ। ‘मेरो बुबाले ५० वर्षदेखि कबिरापन्थी धर्म अपनाउदै आउनु भएको थियो’, अवधेशले भने, ‘बुबाकै इच्छा अनुसार हामी दुई दाजुभाइले अन्त्येष्टिका दिन कपाल खौरिएनौँ, १३ दिने करिया पनि बसेनौँ।’

स्थानीय विद्यानन्द यादव, हृदयनारायण राउत, भरोसी राउत, गणेश यादव, मुन्सी यादव, वैद्यनाथ गिरी, श्री निवास बरै, रामाधार राउत सहितकाले गाउँले बोलाएर परिवारलाई सामाजिक बहिष्कार गर्न उर्दी जारी गरेको अधवेशले बताए।

आफ्नो परिवारसँग अ‍ैचोपैचो वा बोलचाल गर्ने वा खेतमा मजदुरी गर्न जानेलाई ५० हजार आर्थिक दण्ड गर्ने उर्दी पनि उनीहरुले जारी गरेको अवधेशको भनाइ छ।

गाँउको भेलाले नै सामाजिक बहिष्कार गरेपछि अवधेशको परिवार गाउँको घर र सेलर मिलमा ताल्चा लगाएर गाउँबाट विस्थापित भएको हो।

महसुल नतिरे सुविधाको लाइन काटिने शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ ।

महसुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित) लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ। एउटा सबस्टेसनदेखि अर्को सबस्टेसनसम्म तानिएको तार ट्रंक लाइन हो र निश्चित प्रकृतिका ग्राहकका लागि निर्मित डेडिकेटेड लाइन हो। यी चौबीसै घन्टा बिजुली आपूर्ति हुने सुविधायुक्त लाइन हुन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो विशिष्टीकृत सुविधा उपभोग गरेर २०७३ सालदेखि महसुल नतिरेका ग्राहकको लाइन काट्ने चेतावनी दिएका हुन्। तीन वर्षदेखि यस्ता उच्च प्रभावशाली ग्राहकबाट विद्युत् महसुल नउठाएर उनीहरूलाई सुविधा दिएको भन्दै प्राधिकरणको आलोचना भइरहेको छ।

कार्यकारी निर्देशक घिसिङका अनुसार विशिष्ट प्रकृतिको सुविधा उपभोग गरेबापत करिब चार अर्ब ३० करोड रुपैयाँ उठ्न बाँकी छ। ‘रकम नतिरे ती उद्योगको लाइन काटिनेछ,’ उनले भने।

विमानस्थलको सुरक्षामा हेलचेक्र्याइँ शीर्षकमा पत्रिकाले छापेको अर्को समाचारमा गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका एक विदेशी नागरिकले रहस्यमय ढंगले त्रिवि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा (भिसा) लिएको खुलेको छ।

नेपालको भिसा नभएका रोमानियाका नागरिक अत्तिला इयुमस भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए। उनीसँग नेपालको भिसा छैन। नेपाल भित्रिएको आगमन छाप छैन। बोर्डिङ पास समेत छैन। तर पनि उनलाई कसरी त्रिवि अध्यागमन कर्मचारीले भिसा दिए ? नाका छलेकाले उनी कहिले नेपाल प्रवेश गरे, त्यो समेत अध्यागमनसँग छैन। गैरकानुनी ढंगले नेपाल प्रवेश गर्नुको उद्देश्य समेत खुलेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीले सुरक्षा संवेदनशीलता नअपनाउँदा आगमन कक्षमा गएर उनले १५ दिनको भिसा लिएका हुन्। अध्यागमन कार्यालयको आगमन कक्षसम्म रोमानियाका नागारिक पुर्‍याउन प्रहरीले सहयोग गरेको देखिएको छ। घटनामा दुई प्रहरी र दुई अध्यागमनका कर्मचारीको संलग्नता देखिएको छ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ७ : ०५ बजे

महिलाले रथ ताने, सकियो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं – बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले कुमारी, गणेश र भैरवको

पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै

एजेन्सी– रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेषगरी पोटोहार

संविधान संशोधन हुन आवश्यक : महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि

संशोधनअघि संविधानको पूरै समीक्षा हुनुपर्छ

संविधानले हामीलाई शासनसत्ता कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा एउटा प्रारूप

‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’

काठमाडौं– विभिन्न राजनीतिक दलका नेताहरूले सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही