कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश « Khabarhub

कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३–२ ले जित हासिल गरेको हो ।

टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको टाइब्रेकरमा गोल गर्न चुकेका थिए ।

कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाले गोल गरेका थिए । डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल भयो ।

यसअघि लौटारो मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । दोस्रो हाफमा लुइस डियाजको गोलमार्फत गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो ।

जितसँगै अब अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ३१ बजे

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका

विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको