मलेसियामा गैरकानुनी रुपमा बसेका नेपालीलाई घर फर्कने अवसर डिसेम्बर अन्त्यसम्म थप | Khabarhub Khabarhub

मलेसियामा गैरकानुनी रुपमा बसेका नेपालीलाई घर फर्कने अवसर डिसेम्बर अन्त्यसम्म थप



दोहा– कोरोना महामारीका कारण मलेसियाले गैरकानुनी रूपमा बसिरहेका नेपाली कामदारलाई निश्चित जरिवाना तिरेर घर फर्कन पाउने समयअवधि थप गरेको छ ।

मलेसियाले गैरकानुनी कामदारहरुका लागि सञ्चालन गरिरहेको ‘रिक्यालिब्रेसन’ कार्यक्रमको समयअवधि बढाएर यस वर्षको अन्त्यसम्म अर्थात ३१ डिसेम्बरसम्मका पुर्‍याएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन ३० देखि सकिएको थियो । तर मलेसिया सरकारलाई यो कार्यक्रमको समय अवधि थप गर्न अनुरोध गरेको दूतावासले जनाएको छ ।

मलेसियामा गैरकानुनी रुपले बसेका नेपालीहरुलाई स्वदेश फिर्तिका लागि त्यहाँको सरकारले दुई वटा विकल्प दिएको थियो ।

पहिलो विकल्पमा गैरकानुनी नेपालीले कि त निश्चित प्रक्रिया पूरा गरेर मलेसियामै वैधानिक भएर काम गर्न सक्ने र अर्को चाहिँ सहुलियत दरको जरिवाना तिरेर आफ्नो देश फर्कन सक्ने थियो ।

घर फर्कन चाहने श्रमिकले पाँच सय रिंगेट तिरेर स्वदेश फर्कन सक्ने दूतावासले जनाएको छ । यो कार्यक्रमका बारेमा थप जानकारीका लागि ६०३२०२०१८९८ नम्बरमा सम्पर्क गरी बुझ्न सकिने समेत दूतावासले जनाएको छ ।

त्यहाँको सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो समय मलेसियामा रिहाईरिङ कार्यक्रम मार्फत पुनः भिसा लगाएर मलेसियामै बस्न र काम गर्नको लागि झन्डै २ लाख भन्दा बढी विदेशी श्रमिकहरुले आवेदन दर्ता गरेका छन् ।

विभिन्न देशको गरेर १ लाख बढी गैरकानुनी रुपमा बसेका श्रमिक स्वदेश फर्किसकेको जनाइएको छ भने अन्य धेरै श्रमिकहरु अझै फर्किने प्रक्रियामै रहेको बताइएको छ ।

यस्तो छ घर फर्कने प्रक्रिया

दूतावासका अनुसार अनलाइन अपोइन्टमेन्ट लिनु पर्नेछ । आफूसँग यात्रा अनुमतिपत्र या पासपोर्ट छ भने सिँधै यो अपोइन्टमेण्ट लिन सकिने दूतावासले जनाएको छ ।

नभएको खण्डमा दूतावासमा गएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ । यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिर्नुपर्छ ।

त्यसपछि अपोइन्टमेन्टको दिन आवश्यक कागजातहरु लिएर आपोइन्टमेन्ट लिएको अध्यागमन कार्यालय जानुपर्छ । मलेसिया सरकारले तोकेको पाँच सय रिंगेट जरिवाना तिरेपछि घर फर्कने चेकआउट मेमो लिन सकिने जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  २ : ०९ बजे

अटिजम केयर सोसाइटीकी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित

काठमाडौं –अटिजम केयर नेपाल सोसाइटीको अध्यक्ष डा. सुनिता मलेकु अमात्य

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

कांग्रेसले किन मानेन बालुवाटारको तीनबुँदे सम्झौता ?

काठमाडौं- प्रतिनिधिसभामा विहीबार सत्तापक्ष र प्रतिपक्षी दलका सांसदवीच हंगामा भयो

मुख्यमन्त्रीलाई मत दिएपछि नाउपमा अर्को विवाद, रेशमले दुई सांसदलाई कारवाही गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने दुई

कञ्चनपुरबाट तीन सय ६१ बोरा अवैध गहुँ बरामद

 कञ्चनपुर– कञ्चनपुरबाट सशस्त्र प्रहरीले तीन सय ६१ बोरा अवैध गहुँ