‘विपतलाई अवसरको रुपमा प्रयोग गरौं’ « Khabarhub

‘विपतलाई अवसरको रुपमा प्रयोग गरौं’


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणले विपतलाई अवसरको रूपमा प्रयोग गरेको बताएका छन् । उनले प्राधिकरणले पुनःनिर्माणको कार्यलाई प्राथमिकतामा राखेर सम्पदा क्षेत्रको पुनःनिर्माणलाई जोड दिएको बताए ।

विश्व सम्पदा क्षेत्र संरक्षण तथा विकास कार्य र पम्परागत सम्पदा बस्ती पुनःनिर्माण कार्यक्रमसम्बन्धी बिहीबार साँझ भक्तपुर नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गर्दै निर्देशक ज्ञवालीले विविध कारणले काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्र पुनःनिर्माण कार्यमा ढिलाइ भइरहेको बताए । परामर्शदाता जिम्मेवार व्यक्ति भएकाले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न जोड दिँदै प्राधिकरणको काममा सबै निकायले समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने पनि उनले बताए ।

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत बनेका सम्पदा गुणस्तरीय हुने र स्थानीय जनताको अपनत्व रहने बताउँदै सम्पदा र भौतिक निर्माण उपभोक्ता समितिमार्फत गर्नुपर्नेमा जोड दिए ।

भूकम्पमा भत्केका भक्तपुरका केही सम्पदा निर्माण सम्पन्न भइसकेको र केही पुनःनिर्माणकै क्रममा रहेको जानकारी दिँदै प्रमुख प्रजापतिले सम्पदा पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिएको खण्डमा पुनःनिर्माणको काम छिटो हुने बताए ।

ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङको आयोजनामा भएको भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले सम्पदा पुनःनिर्माण गर्दा अनुसन्धान र मौलिक शैलीलाई जोड दिनुपर्ने निष्कर्ष निकालिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ९ : ३४ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट