वाग्मती प्रदेशसभाको बैठक असार २६ गते बस्ने | Khabarhub Khabarhub

वाग्मती प्रदेशसभाको बैठक असार २६ गते बस्ने


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- वाग्मती प्रदेशसभाको बैठक यही असार २६ गते अपराह्न ३ बजे बस्ने भएको छ ।

असार २१ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक असार २६ गते अपराह्न ३ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

प्रतिपक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले असार २१ गतेको बैठक अवरुद्ध गरेपछि तीन मिनेटको समयमा बैठक बसेर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका थिए ।

कार्यपरामर्श समितिको बैठक बसेर विनियोजित बजेटको विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल अगाडि बढाउने र प्रतिपक्षले उठाएको सरोकारको विषयमा पनि छलफल गरी सहमतिमा ल्याएर बजेट पारित गर्ने लक्ष्य रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : ४५ बजे

इरानको परमाणु कूटनीति ‘कठिन मोडमा’

अमेरिका – इरानको आणविक कार्यक्रमको विवाद समाधानका लागि कूटनीतिक प्रयास

सञ्चालनमा आयो कोदारी राजमार्ग

काठमाडौं – चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ

जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो

नेपालगञ्ज – दसैँ सुरु भएसँगै यहाँको जमुनाह नाकामा भारतबाट फर्कनेको

पढेलेखेका साइकल मिस्त्री ‘बृहस्पति’

सुदूरपश्चिम – बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित