अमेरिकाको ओहायो राज्यका दुई मेयरले गरे महावीर पुनलाई सम्मान « Khabarhub

अमेरिकाको ओहायो राज्यका दुई मेयरले गरे महावीर पुनलाई सम्मान


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका नेपाली बैज्ञानिक डा. महावीर पुनलाई अमेरिकाको ओहायो राज्यका दुई शहरका मेयरहरुले उच्चस्तरको सम्मान प्रदान गरेका छन् ।

डा. पुनले सामाजिक कार्यमा गर्दै आएको योगदानको कदर स्वरुप मेयरहरुले सम्मान गरेका हुन् ।

डा.पुनको संघर्षमय जीवनको बारेमा समेत उल्लेख गर्दै ओहायो राज्यको पहिलो राजधानी शहर सिटी अफ चिलिकाथीका मेयर ल्युक एम फिनीले सम्मानपत्रमा लेखेका छन्, ‘म चिलिकाथी शहरको मेयर ल्युक एम फिनी डा.महाविर पुनका असाधारण उपलब्धीहरुले नेपाली समुदायमा गरेको उल्लेख्य कामले नेपालमा र अमेरिकामा समेत उत्प्रेरण जगाउने कार्य गरेकोले सम्मान व्यक्त गर्दछु ।’

मेयर फिनीले डा.पुनलाई आफ्नै कार्यकक्षमा निम्तो गरी सो सम्मानपत्र हस्तान्तरण गरेको ओहायोको नेपाली समुदायमा सक्रिय योगदान दिँदै आएका डा.दामोदर पौडेलले जानकारी दिए ।

त्यसैगरी ओहायोकै अर्को शहर सिटी अफ रेनोल्ड्स्वर्गका मेयर जो वेगिनीले सम्मान गर्दै लेखेका छन्, ‘म सिटी अफ रेनोल्ड्स्वर्गको मेयर जो वेगिनी डा. पुनले नेपाली नागरिकहरुको जीवनस्तर उकास्न अनवरतरुपमा प्रतिबद्धताका साथ गरेका कार्यको कार्यहरुको उच्च प्रसंसा गर्दै सम्मान गर्न चाहान्छु ।’

आफ्नो सम्मानपत्रमा उनले डा.पुनका योगदानहरुको विवरणसमेत उल्लेख गरेका छन्।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : ४२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका