तमोर नदीमा बाढीले सतर्कता तह पार गर्‍यो, कहाँ कहाँ छ जोखिम ? « Khabarhub

तमोर नदीमा बाढीले सतर्कता तह पार गर्‍यो, कहाँ कहाँ छ जोखिम ?


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तमोर नदीमा आएको बाढीले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तमोर नदीले मुलघाट, धनकुटामा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जानकारी दिएको हो ।

उक्त नदीले जलसतह पार गरेसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैगरी नारायणी वेसिन अन्तर्गत १० वटा वर्षामापन केन्द्रहरुमा पछिल्लो ६ घण्टा,१२ घण्टा र २४ घण्टा भारी वर्षामापन भएको र थप केन्द्रमा वर्षा भएको देखिएकोले सोको प्रभाव नारायणी वेसिनका नारायणी, कालीगण्डकी लगायत अन्य नदीहरुमा जलसतह बढ्ने हुनाले बेलुका सम्मै सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार बडिगाड नदीको रुद्रवेणीस्थित जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।

मनसुनी वायुको प्रभावले मुलुकका अधिकांश क्षेत्रमा वर्षा भइरहेको र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : २८ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको