झापाका कैदीबन्दीले पठाए सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत « Khabarhub

झापाका कैदीबन्दीले पठाए सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि रु ५० हजार १०० नगद पठाइदिएका छन् ।

वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले सो नगद रकम कैदीबन्दीले पठाइदिएका हुन् ।

“परिस्थितिले हामी जहाँ रहे पनि जस्तो रहे पनि मानवीय संवेदना हुनुपर्छ”, कारागार झापामा कैदीबन्दीतर्फको आन्तरिक प्रशासन प्रमुख शेरबहादुर थेबेले भने, “सिन्धुपाल्चोकका बाढी पीडितको पीडामा मलमपट्टि पुगोस् भनेर हामीले एक दिनको छाक कटाएर सहयोग पठाएका हौँ ।”

कैदीबन्दीले जम्मा गरेको रकम बुधबारै पालिकाको विपद् राहत कोषको खातामा जम्मा गरिदिएको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र गौतमले बताए । कारागारमा ७६ महिला र एक हजार १४६ पुरुष कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १० : ४० बजे

घरजग्गा कारोबार : असोज महिनाको तुलनामा बढ्यो लिखत पारित, पुँजीगत लाभकर भने ४ महिनाकै कमजोर

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को कात्तिक महिनामा असोज महिनाको

घनश्याम भुसालको मूल्यांकन : प्रचण्डले ‘कचिङ्गलको कचहरी’ बनाए, ओलीले एमालेलाई उठ्नै नसक्ने बनाउँदै छन्

काठमाडौं- नेकपा एकीकृत समाजवादीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित

संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

एनपीएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन

कीर्तिपुर– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा

एनपीएल दोस्रो दिनको दोस्रो खेल : पोखराले टस जितेर विराटनगरविरुद्ध फिल्डिङ रोज्यो

काठमाडौं- नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको दोस्रो