पाल्पामा पहिरोले पाँच घर पुरिए, एकको मृत्यु, ४ वर्षीय बालक बेपत्ता « Khabarhub

पाल्पामा पहिरोले पाँच घर पुरिए, एकको मृत्यु, ४ वर्षीय बालक बेपत्ता


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातारको वर्षासँगै पहिरो जाँदा पाल्पामा एक जनाको मृत्यु भएको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. ५ गिट्टी खानीको हिउँदे खोला क्षेत्रमा माथिबाट झरेको पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको छ ।

पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले घर पुरिँदा सोही ठाउँका पूजा परियारको ४ वर्षीय छोरा बेपत्ता भएका छन् ।

पहिरोले हिउँदे खोला क्षेत्रका नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको प्रहरीले जनाएको छ ।  अहिले नेपाल प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेका छन्।

बुटवल-पाल्पा सडक अवरुद्ध

पहिरोका कारण पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । गएरातिदेखि परेको भारी वर्षाका कारण सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो ।

सिद्धबाबा, झुम्सा, पानी मिल, हिउदे खोला, कालीमाटी क्षेत्र, लामेदमारमा पहिरो खसी सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।

वर्षा भइरहेको माथिबाट पहिरो खस्ने क्रम नरोकिएको हुँदा बाटो खुलाउन समय लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी ईन्सपेक्टर ज्ञानु पाण्डेले बताए । उनले स्काभेटर बोलाएर पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १० : १२ बजे

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७