ईजरायलबाट २० करोडको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो « Khabarhub

ईजरायलबाट २० करोडको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ईजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण ईजरायलबाट नेपाल आइपुगेको छ ।

ती स्वास्थ्य सामग्री नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइटमार्फत नेपाल ल्याइएको हो । निगमको जहाज स्वास्थ्य सामग्री लिएर आज बिहान ११ : १० मा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको दूतावासले जानकारी दिएको छ ।

विमानस्थलमा नेपालका लागि ईजरायली राजदूत हनान गोडेरले परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरुलाई उक्त सामग्री हस्तान्तरण गरेको दूतावासले जनाएको छ ।

‘नेपाल आएका ती स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त भएका हुन्,’ राजदूत डाक्टर शाक्यले भनिन्, ‘करिब २० करोड रुपैंया बराबरको १८ टन स्वास्थ्य सामग्री छ ।’

राजदूत शाक्यका अनुसार सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन् ।

‘कोभिड—१९ सम्बन्धी ईजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा. शाक्यले बताइन् ।

उनका अनुसार यसका लागि प्राविधक विज्ञहरुले नेपालको सीसीएमसीसँग जुम मिटिङ मार्फत आवश्यक परामर्श दिन थालिसकेका छन् ।

नेपाल ईजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलो पटक अवतरण भएको हो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १ : २० बजे

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित

बालेन नेतृत्वको सरकारबारे भीम रावलको टिप्पणी : अब त ब्यारेकमै पुगेर सेनालाई हप्काउन थालिएछ

काठमाडौं– नेकपा नेता डा. भीम रावलले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह