पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नभए आन्दोलनमा उत्रिने विद्यार्थी संगठनको चेतावनी | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नभए आन्दोलनमा उत्रिने विद्यार्थी संगठनको चेतावनी


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् । उनीहरूले नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृत्ति तत्काल बन्द गर्न माग गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (छैटौं) ले आज नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका हुन् ।

‘ठूलो नाफा आर्जन गरेको आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य थोरै बढ्नेबित्तिकै त्यसैको बहानामा मूल्यवृद्धि गर्नु पूर्णत गलत हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हालने प्रवृत्ति तत्काल बन्द गरियोस् ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए संयुक्त विद्यार्थी संगठनको तर्फबाट कडा आन्दोलनमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् ।

विगतमा दुई रङको सिलिन्डर बनाई विद्यार्थीलाई परिचयपत्रका आधारमा सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउने गरी विद्यार्थी आन्दोलन र नेपाल आयल निगमबीच भएको सहमति कार्यान्वयन गर्ने प्रक्रिया तत्काल अघि बढाउन पनि विद्यार्थी संगठनहरूले माग गरेका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १ : ४४ बजे

कर्णाली सरकारले तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले तुइन पूर्ण रुपमा मुक्त गर्ने योजनालाई

दीपक पनि आउट भएपछि दबाबमा चितवन, गुमायो तीन विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान

काठमाडौं–  सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई-मधेसमा सम्भावित

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं– सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४

आयोगको टोलीले हिरासतमा भेट्यो प्रसाईंलाई, मानवअधिकारको सम्मान गर्न सरकालाई आग्रह

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले दुर्गा प्रसाईं पक्राउ प्रकरणमा अनुगमन,