स्वप्नशास्त्र : विवाहित महिलाले सपनामा इन्द्रेणी देखे अशुभ, अरुलाई कस्तो ? « Khabarhub

स्वप्नशास्त्र : विवाहित महिलाले सपनामा इन्द्रेणी देखे अशुभ, अरुलाई कस्तो ?


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

निदाएको बेला मानिस सपना देख्ने गर्दछन् । कहिलेकाँही सपनामा केही फरक र अनौठो चीज पनि देखिन्छ । जसको हाम्रो जीवनमा कुनै अर्थ हुदैँन । तर स्वप्नशास्त्रका अनुसार हरेक सपनाको कुनै न कुनै अर्थ हुने गर्दछ ।

स्वप्नशास्त्रका अनुसार सपनामा देखिएका चीजले हाम्रो जीवनको भविष्यमा हुने घटनाको पहलो संकेत मानिन्छ । पौराणिक कथामा पनि राजा दशरथको मृत्युको समयमा श्रीरामले अशुभ सपना देखेको उल्लेख छ । यस्तै रावणले पनि श्रीरामबाट वध हुनुपूर्व अशुभ सपना देखेको मानिन्छ । यस्तोमा सपनामा इन्द्रेणी देखिए यसलाई शुभ मान्ने कि अशुभ ?

स्वप्नशास्त्रका अनुसार सपनामा इन्द्रेणी देख्नु अत्यन्त शुभ मानिन्छ । यसले जीवनमा सुख–समृद्धि आउने संकेत गर्दछ ।

यस्तो सपना देख्ने व्यक्तिको जीवनमा प्रतिष्ठा र प्रसिद्धिमा वृद्धि हुने गर्दछ । यस अलावा जागिरमा हुने सफलतामा पनि इन्द्रेणीको सपना सकारात्मक मानिन्छ ।

कुनै विवाहित पुरुषले सपनामा इन्द्रेणी देख्नु शुभ मानिन्छ भने तर विवाहित महिलाले भने ७ रंगको इन्द्रेणीको सपना देख्नु अत्यन्त अशुभ मानिन्छ । विवाहित महिलाले यस्तो सपना देखेमा आउने समयमा श्रीमानबाट अगग्निु पर्ने वा टाढा हुनु पर्ने स्वप्नशास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : १५ बजे

बस्ती छाड्ने तरखरमा थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती

धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

चितवन– चितवनमा लगाइएको चैते धानमा गवाँरोको समस्या देखिएको छ ।

रेखा निर्देशित फिल्म तीजमा प्रदर्शन, दयाहाङसँग बक्स अफिस क्ल्यास

काठमाडौं – नायिका रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै

लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

सार्क विकास प्रतिवेदनमा साझा सहमति

काठमाडौं– सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् ।