कैलालीमा बालकको हत्या आरोपमा दिदीसहित दुई किशोरी पक्राउ « Khabarhub

कैलालीमा बालकको हत्या आरोपमा दिदीसहित दुई किशोरी पक्राउ


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय बालक विवेक विष्टको हत्या आरोपमा दुई किशोरी पक्राउ परेका छन् ।

बालकको हत्या आरोपमा कैलाली प्रहरीले बालककै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र किशोरीकी १४ वर्षीय साथीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको स्वीकारेको बताए । उनका अनुसार ती किशोरीले घरायसी रिसइबीका कारण बालकको हत्या गरेको बयान दिएकी छन् ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा बालकको हत्या उनकै दिदीले गरेको देखिएको छ । दिदी नाता पर्ने किशोरीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छिन् । विवेकले लगाएको बाला ती युवतीको साथीसँग फेला परेकोले उनलाई पनि पक्राउ गरिएको छ ।’ उनले भने ।

गत सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधबार जमरा कुलोको किनारमा शव फेला परेको थियो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : ४४ बजे

छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने आठजना पक्राउ

काठमाडौं– प्रहरीले छिटोछरितो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने र

मधेशका सभामुखविरुद्ध परेको अविश्वासको मत अघि बढाउन उपसभामुखले डाकिन् प्रदेश सभा

काठमाडौँ- मधेश प्रदेशमा सभामुखविरूद्ध परेको अविश्वास प्रस्ताव अघि बढाउन उपसभामुखले

खेल क्षेत्रलाई प्राथमिकताकासाथ अघि बढाइनेछ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खेल क्षेत्रलाई प्राथमिकताका साथ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

गण्डकी – पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

चीनद्वारा नयाँ एआई च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक

काठमाडौँ- चीनको प्रविधि कम्पनी अलिबाबाले सोमबार उपभोक्ताका लागि नयाँ अपग्रेड