कैलालीमा बालकको हत्या आरोपमा दिदीसहित दुई किशोरी पक्राउ « Khabarhub

कैलालीमा बालकको हत्या आरोपमा दिदीसहित दुई किशोरी पक्राउ


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय बालक विवेक विष्टको हत्या आरोपमा दुई किशोरी पक्राउ परेका छन् ।

बालकको हत्या आरोपमा कैलाली प्रहरीले बालककै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र किशोरीकी १४ वर्षीय साथीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको स्वीकारेको बताए । उनका अनुसार ती किशोरीले घरायसी रिसइबीका कारण बालकको हत्या गरेको बयान दिएकी छन् ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा बालकको हत्या उनकै दिदीले गरेको देखिएको छ । दिदी नाता पर्ने किशोरीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छिन् । विवेकले लगाएको बाला ती युवतीको साथीसँग फेला परेकोले उनलाई पनि पक्राउ गरिएको छ ।’ उनले भने ।

गत सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधबार जमरा कुलोको किनारमा शव फेला परेको थियो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : ४४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका