भ्रष्टाचार र मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनद्वारा सिठी जुलुस (फोटोफिचर) « Khabarhub

भ्रष्टाचार र मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनद्वारा सिठी जुलुस (फोटोफिचर)


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनले भ्रष्टाचार र महँगी बढेको विरोधमा सिठी जुलुस प्रदर्शन गरेको छ ।

उनीहरुले सरकारको खबरदारी गर्दै काठमाडौँको माइतीघर लगायत मुलुकका ७७ वटै जिल्लामा बिहीबार सिठीजुलुस प्रदर्शन गरेका हुन् ।

काठमाडौँको माइतीघरमा भेला भएका विद्यार्थी संगठनले सिठी बजाउँदै नयाँ बानेश्वरसम्म पुगेका थिए । उनीहरुले सरकारले ‘असंवैधानिक काम’ गर्दै आएको भ्रष्टाचारलाई प्रश्रय दिएको, मूल्यबृद्धि नियन्त्रण गर्न नसकेको लगाएका आरोप लगाएका छन् ।

‘प्रतिगमनका विरुद्ध सिठ्ठी जुलुस’को व्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरुले महंगी, भ्रष्टाचार र कुशासन बन्द गर, पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर लगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा बिद्यार्थीहरुले सरकारले प्रतिगमन नसच्चाएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले महंगी, भ्रष्टाचार र कुशासनका कारण जनताले दुख पाउनु परेको भन्दै आन्दोलन जारी रहने बताए ।

यस्तै नेपाल विद्यार्थी संघ काठमाडौंले त्रिचन्द्र क्याम्पस अगाडि सडकमा प्रधानमन्त्रीविरुद्ध सिटी जुलुस प्रदर्शन गरेको छ  । विपक्षी गठबन्धनसम्वद्ध ५ विद्यार्थी संगठनले प्रधानमन्त्री कदमविरुद्ध आह्वान गरेको कार्यक्रम अन्तर्गत नेविसंघले सिठी जुलुस प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि नेविसंघका महामन्त्री मनोज वैद्यले सरकारको असंवैधानिक कदम, पेट्रोलियम पदार्थको मूल्यबृद्धि लगायतको विरोधमा प्रदर्शन गरिएको जानकारी दिए ।

 

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ६ : २७ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको