सर्वोच्चलाई ओलीको जवाफ : मन्त्रिपरिषद विस्तार प्रधानमन्त्रीको स्वविवेकीय अधिकार « Khabarhub

सर्वोच्चलाई ओलीको जवाफ : मन्त्रिपरिषद विस्तार प्रधानमन्त्रीको स्वविवेकीय अधिकार


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन भएको अवस्थाको प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार र चयन गर्न पाउँदैनन् भन्नू संविधानविपरीत हुने दाबी गरेका छन् ।

मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै उनले कार्यपालिकाको प्रभावकारितामा नै असर पर्ने गरी सर्वोच्च अदालतले दिएको आदेश संविधान विपरीत भएको दाबी गरेका हुन् ।

मुलुकको शासन व्यवस्थाको सञ्चालन कार्यकारीले गर्नुपर्ने र त्यस्तो काममा हुने समस्याको समाधान कार्यकारीले नै गर्नुपर्ने भन्दै उसलाई मन्त्रिपरिषद थप घट गर्न रोक लगाउन नहुने उनको जिकिर छ । मन्त्रिपरिषद गठन र चयनसम्बन्धी विषय संविधानले प्रधानमन्त्रीको स्वविवेकमा छोडेको ओलीको दाबी छ ।

‘प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्री नै मन्त्रिपरिषदको अध्यक्ष रहने भएकोले प्रधानमन्त्री रहँदासम्म मन्त्रीहरू हेरफेर तथा थपघट हुने कार्य भई रहने भएकोले त्यसरी मन्त्रीहरू थपघट हुने कार्यलाई अर्को मन्त्रिपरिषद गठन भएको जस्तो भनी भन्न र मान्न मिल्दैन ।’ उनले लिखित जवाफमा भनेका छन् ।

प्रधानमन्त्री ओलीले संविधानले मन्त्रिपरिषद गठनको सम्बन्धमा गरेको नियन्त्रण भनेको धारा ८७ बमोजिम योग्यता पूरा भएको हुनुपर्ने, पच्चीस सदस्य भन्दा बढीको मन्त्रिपरिषद हुन नहुने, समावेशी सिद्धान्त कायम गर्ने तथा संसदको सदस्य नभएमा मन्त्रीको हकमा ६ महिनाभित्र संघीय संसदको सदस्य हुनुपर्ने व्यवस्था मात्र गरेको बताएका छन् । त्यसबाहेक अन्य अवथामा कुनै किसिमबाट नियन्त्रण हुन नसक्ने र नमिल्ने ओलीको दाबी छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तारमा रोक लगाउने अदालतको आदेश आफैंमा संविधान विपरीत भएको बताएका छन् ।

प्रधानमन्त्रीले सर्वोच्च अदालतले दिएको आदेश नेपालको संविधान, संवैधानिक कानुन तथा नेपालले अंगीकार गरेको कार्यकारिणी प्रमुख प्रधानमन्त्रीय पद्धति विपरीत भएको पनि ओलीले दाबी गरेका छन् ।

यस्तो छ ओलीको जवाफ :

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ७ : ०३ बजे

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ– प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि

डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै विभिन्न

नदी किनारमा रहेका सुकुमबासी बस्ती (तस्बिरहरू) 

काठमाडौं – काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट– दिगो पर्यटन प्रवर्द्धन परियोजनाले  निसीखोला र ढोरपाटनमा १८ घरबास