विवादित विषयमा 'अन्तिम टुंगो' लगाउँदै एमाले कार्यदल | Khabarhub Khabarhub

विवादित विषयमा ‘अन्तिम टुंगो’ लगाउँदै एमाले कार्यदल


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक शुरु भएको छ । आन्तरिक छलफलका लागि भन्दै आज दिउँसो स्थगित भएको बैठक ‘अन्तिम टुंगो’ लगाउँदै भन्दै केहीबेर अघि फेरि शुरु भएको छ ।

सिंहदबारमा केहीबेरअघि शुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली समूहबाट नेता सुवासचन्द्र नेम्वाङसहित सचीव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल र बिष्णु रिमाल सहभागी छन् ।

वरिष्ठ नेता नेपाल समूहबाट भने उपाध्यक्ष भिम रावलसहित उपमहासचिव घनश्याम भुसाल, सचीव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त र भिम आचार्य सहभागी छन् ।

उपमहासचिव बिष्णु पौडेल मन्त्रिपरिषदको बैठकमा सहभागी भइरहेकाले नआएको तर केहीबेरमा आउने जनाइएको छ ।

७ बजेका लागि बैठक बोलाइएको भए पनि झण्डै आधा घण्टा ढिलो गरी बैठक शुरु भएको हो । दिउँसोको बैठकपछि कार्यदलका सदस्यहरूले आज बेलुकीसम्ममा विवादित विषयमा टुंगोमा पुग्ने बताएका थिए ।

सिंहदरबारमा बिहीबार दिउँसो बसेको बैठकमा विवादित बिषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र आजै टुङ्गिने विश्वास नेताहरुले गरेका थिए ।

त्यस्तै एमालेको माधव नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले छलफल सहमतिको विन्दुमा पुगेको बताएका थिए ।

विष्टले आजको बैठकमा हिजोभन्दा धेरै प्रगति भएको बताउँदै लगभग सहमतिको विन्दुमा पुगेको जानकारी दिए । उनले भने, ‘कार्यदलमा विवादित विषयमा गम्भीर छलफल भएको छ, लगभग सहमतिको विन्दुमा पुगेको छ ।’

दिउँसोको बैठकपछि दुवै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका थिए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ८ : ०३ बजे

चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो

सुदूरपश्चिममा उत्पादकत्व बढ्यो, क्षेत्रफल घट्यो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि

एमाले संसदीय दलको बैठक : संसद विघटनको विषयमा छलफल हुने

काठमाडौं – नेकपा एमालेले मंगलबार विघटित संसदीय दलको बैठक बोलाएको

पोखरामा पशु क्वारेन्टाइन सेवा थालनी

कास्की– सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

काठमाडौं– श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा