विवादित विषय ‘अन्तिम टुंगो’ लगाउन एमाले कार्यदलको बैठक बस्दै « Khabarhub

विवादित विषय ‘अन्तिम टुंगो’ लगाउन एमाले कार्यदलको बैठक बस्दै


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दैछ ।

पछिल्ला केही दिन यताको लगातारको बैठकमा छलफल ‘सकारात्मक’ भनिए पनि ठोस निष्कर्ष निस्किन सकेको छैन । कार्यदल सदस्यहरु विगत चार दिनदेखि निरन्तर छलफलमा जुटिरहेका छन् ।

अन्तिम निष्कर्ष निकाल्ने भन्दै सिंहदरबारमा बिहीबार (हिजो) कार्यदलको बैठक दुईपटक बसे पनि निष्कर्षविहीन बन्यो । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलकै सदस्यहरूले जनाएका छन् ।

नेता घनश्याम भुसालले  भने,‘१० दिनअघि जुन एजेण्डा तयार गरेका थियौँ। गएको १० दिनदेखि खास काम गर्न सकेका छैनौँ । अब बस्ने बैठकबाट निष्कर्ष निस्कन्छ भन्नेमा विश्वास छ ।’

कार्यदल सदस्य सुभाषचन्द्र नेम्वाङले भने छलफल सकारात्मक र गम्भीर रहेकाले कार्यदलले विवाद निष्कर्षमा पुर्‍याउनका जोड गरिरहेको बताए । पार्टीभित्रका विवादित विषय सहमतिका साथ आजै टुङ्गोमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘हिजोसम्म सहमतिका लागि गृहकार्य भएको छ,  आजको बैठकमा सबै विषय निष्कर्षमा पुग्छन् ।’

पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बन्ने स्थिति सिर्जना भएको हो ।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णुप्रसाद रिमाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट डा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त रहेका छन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ८ : ३८ बजे

सुनचाँदीको मूल्य पनि घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन

 लुम्बिनीमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी– लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ– प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि

डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै विभिन्न