डाइभर्सन निर्माणपछि साना सवारीसाधन सुचारु | Khabarhub Khabarhub

डाइभर्सन निर्माणपछि साना सवारीसाधन सुचारु


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– अविरल वर्षापछि आएको बाढीका कारण ह्युमपाइप बगाउँदा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड डाइभर्सन निर्माण गरी सञ्चालनमा आएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा ह्युमपाइप बगेर अवरुद्ध भएको सडकमा डाइभर्सन निर्माण गरी साना सवारी साधन सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले साना सवारी साधन आवागमन गर्न मिल्ने गरी डाइभर्सन निर्माण गरिएको बताए ।

“ह्युमपाइप बगाएर सडक अवरुद्ध भएपछि केही तलबाट डाइभर्सन निर्माण गरेका छौँ”, मल्लले भने, “डाइभर्सनबाट साना सवारी साधनलाई मात्रै पास गराएका छौँ । ठूला सवारी साधन सडकमै लामबद्ध अवस्थामा छन् ।” उक्त सडक अवरुद्ध भएपछि करिब ६०० भन्दा बढी ठूला सवारी साधन सडकमा लामबद्ध रहेको मल्लले जानकारी दिए ।

ह्युमपाइप बगाएको ठाउँमा सडकसमेत भासिएका कारण सडक मर्मत गरेर राजमार्गबाट सवारी साधन सञ्चालन गर्न समय लाग्ने उनले बताए ।

“ह्युमपाइप बगेको ठाउँमा सडक पनि भासिएको छ”, मल्लले भने, “द्रुतगतिमा काम भइरहेको थियो । राति काम गर्न समस्या हुँदा सडक मर्मत गरेर सवारी साधन सञ्चालन गर्न ढिला हुने भयो ।”

ह्युमपाइप बगाएको ठाउँमा सडक भासिएर अवरुद्ध भएकै ठाउँबाट ठूला सवारी साधनसमेत चल्न सक्ने गरी सडक मर्मतको काम भइरहेको उनले बताए ।

यस वर्ष धेरै पानी परेको तथा नारायणगढ–बुटवल सडक स्तरोन्नतिको समेत काम भइरहेकाले विभिन्न स्थानमा डाइभर्सन बग्ने र सडक अवरुद्ध हुने घटना धेरै भएको मल्लले बताए ।  केही दिनअगाडि मात्रै सोही राजमार्गअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बगाउँदा २४ घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ८ : ५७ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री